काठमाडौं । ट्रकको ठक्करबाट धादिङमा पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गोर्खाको गण्डकी गाउँपालिका वडा नम्बर ५ दरबुङ घर भएकी अन्दाजी ४४ वर्षीया राममाया विक रहेको प्रहरी ले जनाएको छ ।


काठमाडौंबाट नारायणगढ तर्फ जाँदै गरेको ना ८ ख ५१७३ नम्बरको ट्रकले गएराति साढे ९ बजे धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर ६ स्थित चालिसेमा ठक्कर बाट उनको मृत्यु भएको हो ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी विकको उपचारको क्रममा काठमाडौंको ट्रमा सेन्टरमा राति साढे १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

