काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन सुरु भएको छ । हिजो राती देखि पहिरो को कारण अवरुद्ध रहेको सडक केही बेर अघि देखि सवारी आवगमन सुरु भएको प्रहरी ले जनाएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलामा खसेको पहिरो पन्छाउने काम सकिएसंगै दुई तर्फीरुपमा यातायात संचालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिएका छन् ।


File photo

