काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौं महनागरपालिका का नगर प्रमुख बालेन्द्र साह ( बालेन ) बीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री को सरकारी निवास मा दुबै को आज भेरी भेट भएको हो । भेटवार्ता को क्रममा बालेनले फोहोर व्यवस्थापनका लागि सहजीकरणका लागि देउवालाई आग्रह गरेको बताइएको छ ।
केहि दिन अघि पनि दुबै जना बीच भेटवार्ता भएको थियो । आज भएको भेटमा बञ्चरेडाँडका स्थानीयवासी र जनप्रतिनिधिसँग पनि छलफल गरेर दिर्घकालीन समाधान खोज्न प्रधानमन्त्री देउवाले आग्रह गरेका छन् ।
काठमाडौं को फोहोर ब्यवस्थापन मा निकै सकस परेको देखिएको छ ।