काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ड्याम नजिक सडक भासिदा फेला परेको दुई जना को शव मध्ये एक जनाको शव पहिचान खुलेको छ।
मृत्यु हुनेमा गोरखाको छोप्राक घर भइ हाल आँबुखैरेनी गाउँपालिका–२ बस्ने वर्ष ३५ का केशव घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए ।


सडक भासिएर खसेको बा १० च ४६७९ नम्बरको कार मर्स्याङ्दी नदीमा खस्दा दुई जनाको शव फेला परेको थियो। अहिले उद्दार टोलि खटिएको र सवारी आवगमन ठप्प रहेको प्रहरी ले जनाएको छ ।

