काठमाडौं । यातायात ब्यवस्था बिभागले सार्वजनिक यातायातको भाडा बढाएको छ ।
यात्रुबाहक सवारीको २.५ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ३.३ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ३.७ प्रतिशतले भाडा वृद्धि भएको बिभाग ले जानकारी दिएको छ ।


डिजेलको मूल्य बढेसँगै यातायातको भाडा बढाएको हो। हिजो मात्रै आयल निगमले डिजेलमा प्रतिलिटर एकैपटक १२ रुपैयाँ बढाएको छ।

