काठमाडौं । गुल्मीमा जेसीबी डोजर दुर्घटनामा परेर चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा दाङको शान्तिनगर गाउँपालिका वडानम्बर नम्बर १ बस्ने ३३ वर्षका यज्ञ वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिएका छन् ।


गुल्मीको छत्रकोट गाउँपालिका वडानम्बर-२ पल्लिकोटको रातापानी भन्ने ठाउमा लु १ क ४७७१ नम्बरको जेसीबी डोजर सडक बाट करिब ५ सय मिटर तल खसेको छ । जेसीबी बिहीबार राति दुर्घटनामा परेपनि स्थानीयले शुक्रबार बिहान ९ बजेतिर देखेर प्रहरीलाई खबर गरेका थिए ।

