काठमाडौं । प्रहरी ले सामाजिक सञ्जालमा नाबालिका तथा महिलाको तस्वीर सम्प्रेषण गरी चरित्र हत्या गरेको अभियोगमा २ जना लाई पक्राउ गरेको छ ।
अश्लिल भिडियो बनाई पीडित नाबालिकाको आफन्त तथा साथीभाइलाई सामाजिक सञ्जालमा पठाई चरित्र हत्या गरेको आरोपमा काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका-६ चोच्छे बस्ने २० वर्षीय बिकेश सोजुँ लाई प्रहरी ले पक्राउ गरेको हो ।


त्यस्तै महिलाको तस्वीर दुरुपयोग गरी पीडितको चरित्र हत्या गरेको आरोपमा प्रहरी ले खोटाङ ऐसेलुखर्क गाउँपालिका-१ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने २० वर्षीया भोज कुमारी दाहाल लाई पक्राउ गरेको हो ।
दुबै लाई पक्राउ गरि आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरी ले जनाएको छ ।

