काठमाडौं । नेपाली फिल्म ‘कबड्डी–४’ले बक्स अफिसमा राम्रो कलेक्शन गरिरहेको छ ।
अभिनेता दयाहाङ राई, सौगात मल्ल र मिरुना मगर स्टार रहेको उक्त फिल्मले दुई सातामै १८ करोड ७८ लाख बढीको कलेक्शन गरेको छ । निर्माण पक्षका अनुसार फिल्मले १४ दिनमा काठमाडौं उपत्यकामा ९ करोड ९८ लाख र मोफसलमा ८ करोड ८० लाख बढीको कलेक्शन गरेको हो ।
फिल्मले मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सबाट मात्र ५ करोड ६३ लाख कलेक्शन गरेको छ, भने आईएनआईमा मात्र ३ करोड १० लाखको ब्यापार गरेको छ ।
देशभर यो फिल्म सय बढी हलबाट दर्शकमाझ रिलिजमा आएको छ । ‘कबड्डी–४’ले नेपालमा मात्र नभई विदेशमा पनि उत्कृष्ट कमाइ गरिरहेको छ ।