बारा । बारामा एक वृद्धको शव फेला परेको छ । जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर ९ बस्ने अन्दाजी ६५ वर्षीय अहमद मिया चुरिहार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिएका छन् ।
उनको साबिक भीआईपी ईटा उद्योगको जग्गामा रगतले लतपतिएको अवस्थामा शव भेटिएको प्रहरी निरीक्षक यादव ले जानकारी दिएका छन् ।
घटनाको थप अनुसन्धान गर्न प्रहरी टोली घटनास्थलमा पुगेको र मुचुल्का गरि प्रादेशिक अस्पताल कलैया ल्याइने प्रहरी ले जनाएको छ ।