२०८३ बैशाख १७ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode
 BREAKING
भेनेजुएलामा राष्ट्रपतिको जिम्मेवारीबारे सर्वोच्च अदालतको आदेश | एप्पलको ‘फोन पकेट’ ३२ हजार रुपैयाँमा बजारमा | ओलीको पुच्छर बन्यो कांग्रेस : पुनः संसद पुनःस्थापनामा एमालेको लाइनमा | मधेस प्रदेशका मुख्यमन्त्री सोनलले दिए पदबाट राजीनामा | तीन दिनका लागि लामो दूरीका सवारी साधन सञ्चालनमा रोक | काठमाडौंसहित देशभर वर्षा, कम्तिमा २० गतेसम्म निरन्तर पानी | देउवाले भने, `राजनीतिक निकास यही संबिधानवाट खोज्न सकिन्छ´ | सिंहदरवार जलाउँदा पनि किन रमिते बन्यो सेना ? | भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जेन–जी पुस्ताको माइतीघरमा प्रदर्शन | प्रधानमन्त्री पुगे चिनियाँ धान खेतमा (फोटो फिचर) |

काठमाडाैँ । बजारमा अचाक्ली मूल्यवृद्धि भएको छ। महँगी बढ्दा उपभोक्ता मारमा परेका छन्। दैनिक उपभोग्य वस्तुको अचाक्ली मूल्य बढ्दा न्यून आम्दानी भएका गरिब परिवारलाई भान्सा चलाउन सकस भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार मूल्यवृद्धि ७.८७ प्रतिशत पुगेको छ।

यो पोहोरको भन्दा शतप्रतिशत बढी हो। गत वर्षको वैशाखमा ३.६५ प्रतिशत रहेको मुद्रास्फीति बढेर यो वर्षको वैशाखमा ७.८७ प्रतिशत पुगेको छ। युक्रेन–रुस युद्ध, पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डलर सटही दरमा वृद्धिलगायत कारणले बजारमा महँगी बढेको हो। खाने तेल, चामल, दाल, मासु, डिजेल, पेट्रोल, निर्माण सामग्री लगायत सबै क्षेत्रमा मूल्य बढेको छ।

दैनिक उपभोग्य वस्तुमा भएको मूल्यवृद्धिको मारमा उपभोक्ता छन्। विशेषगरी विद्यार्थी, निम्न आय भएका परिवार र दैनिक ज्यालादारी गरेर खर्च चलाउनेलाई छाक टार्न कठिन भएको छ। मूल्यवृद्धिले गरिबलाई दैनिक व्यवहार चलाउन हम्मे परेको उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले बताए। ‘बजारमा दैनिक उपभोग्य वस्तुको अचाक्ली मूल्य बढेको छ,’ उनले भने, ‘महँगी बढ्दा विपन्न परिवार थप समस्यामा परेका छन्।’

खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ७.१३ प्रतिशतले बढेको छ भने सेवा समूहको मुद्रास्फीति ८.४५ प्रतिशत पुगेको छ। राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार वैशाखमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घिउ, तेल, फलफूल, दुग्ध पदार्थ, अन्डा, दाल, गेडागुडी र सुर्तीजन्य पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः २४.८६ प्रतिशत, १२.६१ प्रतिशत, ११.३० प्रतिशत, १०.५३ प्रतिशत र ९.७० प्रतिशत छ। याे खबर नागरिक दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।