काठमाडौं । आज बिहान ९ बजे देखि ककनीबाट हाइटेन्सन लाइनमा चढेका प्रेम बिक (माइला) लाई नेपाली सेनाले हेलिकोप्टरमार्फत उद्धार गरेको छ ।
भर्खरै नेपाली सेनाले उनलाई उद्घार गरेको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले पुष्टि गर्नु भयो ।
उनी प्रशारण लाइनमा चढेपछि सम्भावित जोखिमलाई ध्यानमा राखेर नेपाल विद्युत प्राधिकरणले सो प्रशारण लाइनमा विद्युत प्रवाह रोकेको थियो । त्यसका लागि त्रिशुली थ्री ए र नजिकका अरु साना विद्युत गृहबाट उत्पादन बन्द भएको थियो ।