काठमाडौं । त्रिभुवन विमानस्थलबाट सुनसहित ३ जना पक्राउ परेका छन् ।
जजिरा एअरलाईन्सबाट आज बिहान विमानस्थलमा उत्रिएका तीन जना लाई भन्सार कार्यालयले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा प्रकाश दनुवार, भुमाकुमार माझी र सरोज मोची रहेका छन् । भन्सार कार्यालयले उनीहरूले पाइन्टको भित्री भागमा लुकाएको २६० ग्राम सुन बरामद गरेको हो ।
तीनै जनाले अन्य व्यक्तिले एक-एकवटा पाइन्ट दिएको र नेपालमा ती पाइन्ट अन्य व्यक्तिलाई बुझाएपछि केही रकम दिने आशा देखाएको प्रारम्भिक बयानमा बताएका छन् ।