२०८१ कार्तिक ३ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं ।सभामुख अग्निप्रसाद सापकोटाले खेतीको समयमा पनि किसानले मल नपाएको गुनासो बढेको भन्दै यथाशीघ्र मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको शुन्य समयमा बोल्ने अधिकांश सांसदले किसानले मल तथा बीउ नपाएको भनी संसद्मार्फत सरकारको ध्यानाकर्षण गराएपछि सभामुख सापकोटाले उक्त मागप्रति ध्यानाकर्षण जनाउँदै शीघ्ररुपमा मलखादको व्यवस्थापन गर्न आग्रह गर्नुभयो ।

Vivo Y28
Daraz

“खेतीका समयमा पनि मल उपलब्ध नभइरहेका सन्दर्भमा माननीय सदस्यले उठाउनुभएको कुरामा मेरो ध्यानाकर्षण भएको छ, यथाशीघ्र किसानलाई मल उपलब्ध हुनेगरी व्यवस्थापन गर्न सम्बन्धित मन्त्री एवं नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु”, सभामुख सापकोटाले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।