काठमाडौं । पृथ्वी राजमार्गको मुग्लिन आँबुखैरेनी सडक खण्ड पूर्ण रुपमा खुलेको छ । आज देखि पुर्ण रुपमा खुलेको तनहुँका प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले बताउनु भयो ।
२७ जेठको बिहान साँखरमा पहिरोले सडक भत्काएपछि त्यो सडक अवरुद्ध भएको थियो । त्यसै दिन प्रशासन ले एक तर्फी रुपमा सानो गाडी मात्र संचालन गर्न निर्णय गरेको थियो । भित्तो खारेर सडक बनाएपछि सडक सुचारू भएको हो ।



