२०८३ जेष्ठ १ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode
 BREAKING
भेनेजुएलामा राष्ट्रपतिको जिम्मेवारीबारे सर्वोच्च अदालतको आदेश | एप्पलको ‘फोन पकेट’ ३२ हजार रुपैयाँमा बजारमा | ओलीको पुच्छर बन्यो कांग्रेस : पुनः संसद पुनःस्थापनामा एमालेको लाइनमा | मधेस प्रदेशका मुख्यमन्त्री सोनलले दिए पदबाट राजीनामा | तीन दिनका लागि लामो दूरीका सवारी साधन सञ्चालनमा रोक | काठमाडौंसहित देशभर वर्षा, कम्तिमा २० गतेसम्म निरन्तर पानी | देउवाले भने, `राजनीतिक निकास यही संबिधानवाट खोज्न सकिन्छ´ | सिंहदरवार जलाउँदा पनि किन रमिते बन्यो सेना ? | भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जेन–जी पुस्ताको माइतीघरमा प्रदर्शन | प्रधानमन्त्री पुगे चिनियाँ धान खेतमा (फोटो फिचर) |

कर्णाली । कर्णाली प्रदेश सरकारले प्रदेशका उत्कृष्ट दुई उद्यमीलाई सम्मान गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा प्रदेश सबैभन्दा राम्रो काम गर्ने उद्यमीलाई र जिल्लास्तरीय उत्कृष्ट उद्यमीलाई सम्मान गरेको हो । प्रदेश स्तरमै उत्कृष्ट उद्यमीलाई दुई लाख र सुर्खेत जिल्लाभरि राम्रो काम गर्ने उद्यमीलाई एक लाख नगदसहित सम्मान गरिएको हो ।

उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले आज आयोजना गरेको सम्मान कार्यक्रममा उद्योग पर्यटन वन तथा वातावरणमन्त्री छिरिङ डम्डुल लामा कार्चेनले उत्कृष्ट उद्यमीलाई पुरस्कार वितरण गर्नुभयो । सम्मानित हुनेमा प्रदेश स्तरीयमा कुशे गाउँपालिका–८ जलजला नेपाली हाते कागज उद्योगका सञ्चालक मानबहादुर थापाले सम्मानपत्रसहित दुई लाख नगद प्राप्त गर्न सफल हुनुभएको छ ।

त्यसैगरी जिल्लास्तरीय उद्यमीमध्ये सुर्खेतबाट गोलोवल च्याउ तथा कृषि उद्योगका सञ्चालक वसन्तीकुमारी अधिकारीलाई सम्मानपत्रसहित एक लाख नगद प्रदान गरिएको छ । उत्कृष्ट उद्यमी सम्मान कार्यक्रममा मन्त्री लामाले कर्णालीका उद्यमीहरूलाई तालिमसहितको आवश्यक सामान दिने बताउनुभयो । जसले तालिम लिन्छ उसैले आवश्यक सामान पाउनुपर्ने उहाँको भनाइ छ । आउँदो बजेटमा उद्यमीमैत्री कार्यक्रम र सहुलियतमा ऋणको व्यवस्था गरिने लामाको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।