२०८१ कार्तिक २ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौँ । उपत्यकाका तीनवटै जिल्लाबाट निजी तथा गैरसरकारी संस्थाले फोहोर संकलन गरेबापत वार्षिक साढे तीन अर्ब रूपैयाँभन्दा धेरै शुल्क उठाउँदै आएका छन् । तर फोहोर व्यवस्थापनमा भने सधैं लापरबाही हुँदै आएको छ । ती संस्थाले समयमा फोहोर नउठाउँदा सर्वसाधारण दुर्गन्ध मात्र होइन, विभिन्न रोगको समेत सिकार बन्न बाध्य छन् ।

यही जेठमा मात्र उपत्यकाको फोहोर दुई साताभन्दा धेरै समय उठेन। काठमाडौं उपत्यकाका तीन जिल्लामा फोहोर संकलन गर्ने निजी तथा गैरसरकारी संस्था ७० वटाभन्दा धेरै छन् । यी संस्थाले उपत्यकाका तीन जिल्लाका करिब ६ लाख स्थानबाट फोहोर संकलन गर्दै आएका छन्। २०७८ सालको प्रारम्भिक जनगणनाअनुसार काठमाडौं उपत्यकाको घरसंख्या ४ लाख ४४ हजार छ। एउटै घरमा धेरै व्यवसाय हुने र धेरै परिवार बस्ने भएकाले करिब ६ लाख स्थानबाट फोहोर उठाउने गरिन्छ।

Vivo Y28
Daraz

फोहोर उठाएबापत ती संस्थाले सर्वसाधारण, व्यावसायिक संस्था र कार्यालयहरूबाट प्रतिमहिना ३ सय ५० देखि ७ सय रूपैयाँसम्मका दरले शुल्क लिँदै आएका छन् । फोहोर धेरै निकाल्ने ठुला होटल तथा रेस्टुरेन्ट, पार्टी प्यालेसलगायतबाट लिने शुल्क भने योभन्दा धेरै छ। औसतमा प्रतिस्थानको ५ सय रूपैयाँ मात्र गणना गर्ने हो भने पनि फोहोर उठाउने यी संस्थाले वार्षिक करिब साढे ३ अर्ब रूपैयाँ संकलन गर्दै आएका छन् । यो समाचारनागरिक दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।