२०८१ कार्तिक ३ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । धनुषाकी निहारिका राजपूतको आमरण अनशन चार दिन भयो । आफूले न्याय नपाएको र जिल्ला अदालत धनुषाले पनि अपराधीलाई राजनीतिक र आर्थिक शक्तिको आडमा उन्मुक्ति दिएको भन्दै कुमारी आमा भनेर चिनिएकी निहारिका चार दिनदेखि माइतीघर मण्डलामा आमरण अनशन बसेकी छन् ।

ऊनी त्यहाँ आमरण अनशन बसे पछी उनको साथ दिनु को सातो शुक्रवार पहिलो दिन नै राति १० बजे प्रहरी ले नियन्त्रणमा लिएक्प थियो । प्रहरी ले नियन्त्रणमा लिए पछी शनिवार बिहान ८ बजे प्रहरीले छोडेपछि निहारिकाले वसन्तपुर दरबार स्क्वायरमा अनशन थालेकि छन् । 

Vivo Y28
Daraz

यद्यपि सरकारले उनको माग बारे केहि चासो लिएको छैन । यस तर्फ न गृहमन्त्रालय , न महिला आयोग न त प्रशासन कै ध्यानाकर्षण भएको छ । तर उनले महिला अधिकारकर्मीहरुको साथ पाएकी छन् ।

राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुली र राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली थापासहितका अधिकारकर्मीहरुले आइतबार अनशनस्थल वसन्तपुर पुगेर निहारिकाको माग बारे बुझ्नु भएको छ । अध्यक्ष सहित अधिकारकर्मीहरुको टोलि त्यहा पुगेर सरकारलाई यथाशीघ्र ध्यानाकर्षण गराउने र आफुहरुको साथ रहने बताएका छन् ।

ऊनी अनशन बस्नुको कारण के हो ?

उनले जानकारी दिए अनुसार आफु १७ वर्षकी नाबालिग हुँदा जनकपुरका शिवराज श्रेष्ठले नसालु पदार्थ खुवाएर बलात्कार गरिएको थियो । निहारिकाको २१ महिनाको छोरा छन् । प्रहरी प्रशासनले अनुसन्धानको सुरुवातदेखि नै आफ्नो मुद्दालाई कमजोर बनाएर लगेको निहारिकाको आरोप छ । जिल्ला अदालत धनुषाले २०७८ माघ २४ गते पीडक श्रेष्ठलाई समेत सफाइ दिसकेको छ ।

जिल्ला अदालतको फैसला उपर निहारिका उच्च अदालत जनकपुरमा मुद्दा दर्ता गरेकी थिइन । यद्यपि आफ्नो मुद्दा  को कुनै सुनुवाइ नभएको उनको गुनासो छ । फागुनमा दर्ता भएको मुद्दा हाल सम्म पेशी तोकिएको छैन ।

निहारिकाले बच्चाको डीएनए परीक्षण गर्न, उच्च अदालतबाट छिटोभन्दा छिटो पेशी तोकेर फैसला गर्न, दोषीलाई पक्राउ गरेर अनुसन्धान गर्न तथा आफ्नो २१ महिने बच्चाको लालनपालन, हेरचाह, स्वास्थ्य उपचार, शिक्षा  लगायत आधारभूत कुरा राज्यबाट सुनिश्चित गरिदिन माग गर्दै बिगत चार दिन देखि आमरण अनशन मा छिन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।