काठमाडौं । मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा कोटेश्वरमा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पाँचथरको मिक्लाजुङ गाउँपालिका-५ घर भई काठमाडौंको काँडाघारी बस्दै आएकी ३४ वर्षीय सम्झना राई रहेकोे प्रहरी ले जनाएको छ ।
कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको ना५ख २८१९ नम्बरको मिनी ट्रकले आइतबार राति पौने १० बजे जडिबुटीतिरै गइरहेको बा७१प ३०५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा राई सख्त घाइते भएकी थिइन् ।
घाइते पश्चात् उनलाई महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । त्यहा उपचारको क्रममा उनको मृत्यु भएको हो ।