काठमाडौं । सिंहदरवारमा विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक भैरहेको छ ।
बैठकले देशमा मनसुन पूर्व तयारी तथा प्रतिकार्य कार्य योजना–२०७९ स्वीकृत गर्दै छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बर्खामा विपद्बाट २० लाख जनसङ्ख्या प्रभावित हुनसक्ने आकलनसहित कार्य योजना बनाएको छ ।
अहिले जारी बैठक गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा गृहमन्त्रालयमा भैरहेको छ ।