२०८१ कार्तिक ३ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

कंचनपुर । शुक्लाफाँटा नगरपालिका–१० झलारी बजार क्षेत्रमा चार दिनदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । टेलिफोन, इन्टरनेटलगायत सेवा अवरुद्ध भएको छ । अप्टिकल फाइबरमा अवरोध हुँदा नेटवर्कमा समस्या आएको हो । टेलिकमको जिएसएम मोबाइलमा नेटवर्क नहुँदा फोन नलाग्ने, बोलेको नबुझिने, इन्टरनेट नचल्ने समस्या छ ।

अप्टिकल फाइबरमा ब्रेक हुँदा सेवा सञ्चालनमा अवरोध आएको टेलिकम महेन्द्रनगर शाखाका प्रमुख प्रितम भट्टले जानकारी दिनुभयो । सेवा सञ्चान नहुँदा सेवाग्राही समस्यामा परेका छन् । अप्टिकल बे्रक भएका ठाउँमा मर्मत चलिरहेको टेलिकम अत्तरिया शाखाका वरिष्ठ इञ्जीनियर प्रकाश भट्टले बताउनुभयो ।

Vivo Y28
Daraz

अम्मरपुर–कलुवापुर खानेपानी उपभोक्ता समिति र झलारीमा सहरी विकास आयोजनाले निर्माण गरिरहेको सडकमा अप्टिकल फाइबर धेरै ठाउँमा काटिदिँदा सेवा अवरुद्ध भएको बताइएको छ । अन्धाधुन्धरूपमा डोजर प्रयोग गर्ने उपभोक्ता समिति र ठेकेदारलाई कानुनी कारबाही गर्न सेवाग्राहीले माग गरेका छन् । टेलिकम महेन्द्रनगर शाखाका प्रमुख भट्टले टेलिकमको लाइन काट्नेलाई कानुनी कारबाहीका लागि पत्राचार गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।