काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गोलि सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको हरिपुर नगरपालिका वडा नम्बर ७ निवासी ३६ वर्षीया किरण कुमारी सिंह रहेको छ ।
आन्तरिक उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियाबाट एक राउण्ड गोलीसहित उनलाई प्रहरी ले पक्राउ गरेको हो ।
बुद्ध एयरको उडानद्वारा काठमाडौंबाट जनकपुर ऊनी जादै गरेको अवस्था मा पक्राउ गरिएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जानकारी दिएको छ ।