काठमाडौं । सरकारले विवाहको उमेर घटाउने तयारी गरेको छ । आज बसेको प्रतिनिधिसभाको बैठक मा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद कोइराला (गोविन्द बन्दी) ले विवाह को उमेर घटाउने तयारी भएको बताएका छन् ।
यस अघि विवाह को उमेर २० वर्ष थियो । त्यसलाई घटाएर १८ वर्ष बनाउने गरी कानुन संशोधन अन्तिम तयारी भइरहेको उनले बताए ।
उनले भने ‘विवाहको उमेर १८ बनाउनेबारे अध्ययन भइरहेको छ। १६ वर्षमा नागरिकता पाउँछ। १८ वर्षमा भोट हाल्न पाउँछ। २० वर्षमा विवाह भन्ने कानुन छ’, उनले भने, ‘विवाह गर्न २० वर्ष कुर्नुपर्ने अवस्था कुनै पनि स्ट्यान्डर्डले देखाउँदैन। यसले बरु अपराध बढाउने काम भइरहेको छ। बालविवाहमा सजाय भइरहेको छ। मन्त्रालयले कानुन संशोधन प्रक्रिया थालिसकेको छ।’