काठमाडौं । अस्ट्रेलियामा कामदारहरुको तलब बढेको छ । अस्ट्रेलिया सरकारले उपभोग्य वस्तुको मूल्यवृद्धिपछि कामदारहरुको समेत तलब बढाएको हो । अस्ट्रेलियामा कार्यरत कामदारहरूको न्यूनतम पारिश्रमिक ५.२ प्रतिशतले वृद्धि भएको जनाइएको छ ।
अस्ट्रेलियाको स्वतन्त्र कार्य आयोगले बुधबार घोषणा गरेको न्यूनतम पारिश्रमिक अनुसार अस्ट्रेलियामा कार्यरत मजदुरहरूको अबको न्यूनतम पारिश्रमिक २१.३८ अस्ट्रेलियन डलर हुने भएको छ । अस्टे्रलियामा यस भन्दा अगाडि कामदारको न्यूनतम पारिश्रमिक २.३३ अस्ट्रेलियन डलर थियो ।