काठमाडौं । आफूलाई बलात्कार गर्ने स्थानीय शिवराम श्रेष्ठलाई कानुनी कठघरामा ल्याउन माग गर्दै जेठ २७ मा आमरण अनशनमा बसेकी महोत्तरीकी जलेश्वर नगरपालिका ९ बस्ने “कुमारी आमा” निहारिका लाई भेट्न बल्ल सरकार पुगेको छ ।
उनलाई भेट्न अनशनस्थल मै गृहमन्त्री बालकृष्ण खाण पुगेका हुन । राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णा पौडेल खतिवडाको पहलमा सरकारी प्रतिनिधिसँग सहमति भएपछि निहारिकाले गृहमन्त्री बालकृष्ण खाणको हातबाट जुस खाएर अनशन तोडेकी हुन्। निहारिका र सरकार संग पाँच बुँदे सहमति भएको छ ।
छोराको डीएनए परीक्षणको कानूनी प्रक्रिया अघि बढाउन पहल गर्ने, छोराको सुरक्षा आवास व्यवस्थापनका लागि गृह मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत पहल गर्ने, निहारिकाको आर्थिक सहायताका लागि गृह मन्त्रालयमार्फत पहल गर्नेलगायत सहमति भएको हो।