काठमाडौं । गुल्मीमा छात्रा लाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् ।
जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्वर ३ को प्रतिभा आधारभुत माध्यमिक बिद्यालयमा तीन कक्षामा अध्ययन ती विद्यार्थी लाई शिक्षक रामहरी ज्ञवाली यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् ।


आरोपी शिक्षकले जेठ १७ गते दिउँसो स्कुल समयमा अस्वभाविक यौनजन्य कार्य गरेको भनी परिवारले दिएको उजुरीका आधारमा बिहीबार पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक माधव खरेलले बताए । उनलाई पक्राउ गरि अनुसन्धान कार्य अगाडि बढाइएको खरेल ले बताए ।

