काठमाडौं । करेन्ट लागेर आज दाङमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका वडा नम्बर ५ पहरूवाका ४५ वर्षीय मोहन चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक सुरजविक्रम शाहले बताए ।
बिहान घर नजिकको धानखेतमा मोटर लगाएर सिँचाइ गर्ने क्रममा चौधरीलाई करेन्ट लागेको हो । गम्भीर घाइते उनको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको शाह ले बताए ।



