काठमाडौं । परराष्ट्र मन्त्री डा. नारायण खड्काले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम एसपीपी सम्झौता राष्ट्रिय हितमा नभएकाले नेपालले कुनै सहमति नगर्ने बताएका छन् ।
आज बसेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उनले एसपीपी नेपालको हितमा नरहेको विषयमाथि थप छलफल गर्न आवश्यक नभएको बताए ।


बैठकमा बोल्दै मन्त्री खड्का ले नेपाली सेनाले समेत अगाडि नबढ्ने बताइसकेकाले अब यो सम्झौताको च्याप्टर क्लाेज भइसकेको जनाएका छन् ।

