काठमाडौं । प्रधानमन्त्री शेरबहादु देउवा सवार हेलिकोप्टरमा इन्धन सकिएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरेको छ ।
सुदूरपश्चिममा हुने कार्यक्रमका लागि धनगढी जान लाग्नु भएको प्रधानमन्त्री देउवा इन्धन सकिएपछि भर्नका लागि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो ।


ऊनी सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन नेपाली सेनाको हेलिकोप्टरमा सवार थिए ।

