२०८३ जेष्ठ १ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode
 BREAKING
भेनेजुएलामा राष्ट्रपतिको जिम्मेवारीबारे सर्वोच्च अदालतको आदेश | एप्पलको ‘फोन पकेट’ ३२ हजार रुपैयाँमा बजारमा | ओलीको पुच्छर बन्यो कांग्रेस : पुनः संसद पुनःस्थापनामा एमालेको लाइनमा | मधेस प्रदेशका मुख्यमन्त्री सोनलले दिए पदबाट राजीनामा | तीन दिनका लागि लामो दूरीका सवारी साधन सञ्चालनमा रोक | काठमाडौंसहित देशभर वर्षा, कम्तिमा २० गतेसम्म निरन्तर पानी | देउवाले भने, `राजनीतिक निकास यही संबिधानवाट खोज्न सकिन्छ´ | सिंहदरवार जलाउँदा पनि किन रमिते बन्यो सेना ? | भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जेन–जी पुस्ताको माइतीघरमा प्रदर्शन | प्रधानमन्त्री पुगे चिनियाँ धान खेतमा (फोटो फिचर) |

विरगन्ज । बहुचर्चित बहुप्रतिक्षित वारास्थित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरु गर्नुपर्ने भन्दै सरोकारवालाले दबाब सिर्जना गर्दै आएका छन् ।

अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न स्थान परिवर्तन गर्न आएको अदालतको सो निर्णयप्रति असहमति राख्दै उक्त निर्णय अविलम्ब सच्चाउन सरोकारवालाले जोडदार माग गर्दै आएका छन्् ।

विमानस्थल निर्माण गर्न माग गर्दै सरोकारवालाले कहिले विरोध प्रदर्शन, कहिले सडक अवरुद्ध, सडकमै मानव साङ्लो प्रदर्शन, राजमार्गमा रिले अनशन, प्रधानमन्त्रीलगायत विभिन्न दलका शीर्ष नेतासँग भेटी निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नेबारे ज्ञापनपत्र बुझाउने लगायतका क्रियाकलाप जारी राखेका छन् । साथै अझै पनि निरन्तर विभिन्न दबाबमूलक कार्य गर्दै जाने निजगढ सार्वजनिक सरोकार समितिका अध्यक्ष एकबहादुर श्रेष्ठले बताउनुभयो ।

मुलुकको सम्भावित स्थानमा सर्वे गरी हरेक दृष्टिकोणले निजगढमा विमानस्थल बनाउन देशी विदेशी विज्ञसहितको सर्वे टोलीले उपयुक्त हुने प्रतिवेदन बुझाएसँगै ढिलै भए पनि यहाँ विमानस्थल निर्माणका प्रारम्भिक चरणका कार्य हुँदै आइरहेका थियो । विमानस्थल निमार्ण हुनुपर्ने पक्षधरले उक्त निर्णय समग्र मुलुकको आर्थिक समृद्धि भन्दा बाहिर भन्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न जोडदार माग गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।