२०८३ जेष्ठ १ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode
 BREAKING
भेनेजुएलामा राष्ट्रपतिको जिम्मेवारीबारे सर्वोच्च अदालतको आदेश | एप्पलको ‘फोन पकेट’ ३२ हजार रुपैयाँमा बजारमा | ओलीको पुच्छर बन्यो कांग्रेस : पुनः संसद पुनःस्थापनामा एमालेको लाइनमा | मधेस प्रदेशका मुख्यमन्त्री सोनलले दिए पदबाट राजीनामा | तीन दिनका लागि लामो दूरीका सवारी साधन सञ्चालनमा रोक | काठमाडौंसहित देशभर वर्षा, कम्तिमा २० गतेसम्म निरन्तर पानी | देउवाले भने, `राजनीतिक निकास यही संबिधानवाट खोज्न सकिन्छ´ | सिंहदरवार जलाउँदा पनि किन रमिते बन्यो सेना ? | भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जेन–जी पुस्ताको माइतीघरमा प्रदर्शन | प्रधानमन्त्री पुगे चिनियाँ धान खेतमा (फोटो फिचर) |

महेन्द्रनगर । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम विश्वविद्यालयमा चिकित्साशास्त्र अध्ययन सुरुआत गर्ने र डडेल्धुरामा मेडिकल कलेज स्थापनाको सम्भाव्यता अध्ययन तथा गुरुयोजना निर्माण गर्ने कार्य अगाडि बढाएको बताउनुभएको छ ।

कञ्चनपुरको महेन्द्रनगरमा सुदूरपश्चिम विश्वविद्यालयद्वारा आज आयोजित दोस्रो दीक्षान्त समारोहमा प्रधानमन्त्री देउवाले सुदूरपश्चिम विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालन गर्न आवश्यक बजेटसमेत विनियोजन गरेको बताउनुभयो । विश्वविद्यालयको शिक्षा केवल औपचारिक र सैद्धान्तिक मात्र नभएर व्यवहारिक, जीवनपयोगी तथा समाजको विकास र रुपान्तरणमा सहयोगी हुनुपर्नेमा उहाँको जोड थियो ।

“लोकतान्त्रिक प्रणालीलाई थप सबल र सुदृढ बनाउन र अर्थतन्त्रलाई तीव्र रुपान्तरण गर्न, युग सुहाउँदो, वैज्ञानिक एवम् प्राविधिक जनशक्तिको आवश्यकता पर्दछ”, प्रधानमन्त्री देउवाले भन्नुभयो, “आजको प्रतिस्पर्धी विश्व शैक्षिक बजारमा विश्वविद्यालयले समयानुसार शैक्षिक तथा व्यवस्थापकीय सुधार गर्दै अघि बढ्नुपर्छ ।”

सुदूरपश्चिम विश्वविद्यालयले यहाँका नागरिकको उच्च शिक्षाको पहुँच विस्तार गर्न महत्वर्पूण भूमिका निर्वाह गर्र्दै आएको बताउँदै उहाँले विश्वविद्यालयले दक्ष जनशक्ति उत्पादन गरी मुलुकको खाँचो पूरा गर्न सहयोग पु¥याएको धारणा राख्नुभयो । सो अवसरमा प्रधानमन्त्री देउवाले दीक्षित विद्यार्थीलाई पदक वितरणसमेत गर्नुभयो ।

समारोहमा भारतको कुमाउँ विश्वविद्यालयका कुलपति प्राध्यापक नरेन्द्रकुमार जोशी, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललगायतले आफ्नो धारणा राख्नुभएको थियो । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।