काठमाडौं । पटनाबाट नयाँ दिल्लीका लागि उडेको स्पेस जेटको विमानमा आगलागी भएको छ ।
विमानको बायाँ इन्जिनमा आगो लागेपछि फर्काएर पटनामै सुरक्षित ढंगले अवतरण गरिएको छ । विमानको बायाँ इन्जिनबाट धुवाँको मुस्लो निस्किएको सार्वजनिक भएको भिडियोमा देखिएको छ ।
विमानमा आगलागी भए पनि विमानमा सवार १८५ सबै जना लाई इन्जिन बन्द गरेर सुरक्षित ढंगले अवतरण गरिएको अधिकारीहरूले जनाएका छन् । विमानमा चरा ठोकिएको उड्डयन नियामक डीजीसीएले जनाएको छ ।