काठमाडौं । करेन्ट लागेर १० बोलबम तीर्थयात्रीको मृत्यु भएको छ । यो खबर भारत को हो ।
पश्चिम बङ्गालको कुचबिहार जिल्लाबाट पिकअप भ्यान चढेर जल चढाउन जलपाइगुडी जिल्लाको जल्पेश मन्दिरमा गइरहेका बोलबम तीर्थयात्रीहरु मध्ये १० जनाको मृत्यु भएको हो । डिजे बजाउनको लागि पिकअप भ्यानमा राखिएको जेनेरेटरमा सर्ट भएर उक्त घटना भएको प्रारम्भिक अनुसन्धान मा देखिएको कूच बिहार जिल्लाको माथाभाङ्गाका अतिरिक्त पुलिस अधीक्षक अमित वर्माले बताए ।
करेन्ट लागेर अन्य १५ जना घाइते भएका छन् । जलपाईगुडीको सुपर स्पेशलिटी अस्पतालमा उपचार भैरहेको छ । भ्यानमा सवार सबै बोलबम तीर्थयात्री सेतालकुचीका बासिन्दा थिए ।