काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पाटनको कृष्ण मन्दिर दर्शन गर्नुभएको छ । आज भाद्र कृष्ण अष्टमी अर्थात ‘श्रीकृष्ण जन्माष्टमी’ पर्वका अवसरमा उहाँले पाटनको कृष्ण मन्दिर आएर जल तथा प्रसाद ग्रहण गर्नुभएको हो ।
मन्दिरका मूल पुजारी रुपनशर्मा राजोपाध्यायले भण्डारीलाई मन्दिरको जलले अभिषेक गरी प्रसाद प्रदान गर्नुभएको थियो । साथै पुजारी टोलीले उहाँलाई अन्य बाँकी प्रसादसमेत प्रदान गर्नुभएको थियो ।
राष्ट्रपति भण्डारीले कृष्णको दर्शन र आरधनासँगै पाटनमा रहेको मङ्गहिटीसमेतको बारेमा जानकारी लिनुभएको थियो ।