काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलव शून्य आठ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७२ दशमलव २९ मा पुगेको छ ।
यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ६६ अङ्कले ओरालो लागेर तीन सय ८३ दशमलव ९३ मा पुगेको छ । कुल दुई सय २५ कम्पनीका ३९ लाख ५५ हजार आठ सय ८६ कित्ता शेयर रु एक अर्ब ३८ करोड ३४ लाख ६२ हजार एक सय ६२ मूल्यमा खरिद बिक्री भए ।
नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये बिहीबार छ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ भने सात उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ ।