काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि लागेको बलात्कार आरोपका विषयमा नेपाल क्रिकेट सङ्घ (क्यान) ले आरोप पुष्टि नहुदा सम्म तत्काल कुनै पनि छानबिन वा निलम्बन नगर्ने बताएको छ ।
कप्तान लामिछाने लाई आरोपमात्र लागेको र अनुसन्धानकै क्रममा रहेकाले तत्काल कुनै पनि छानबिन नहुने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिएका छन् ।
स्याङ्जा आरुचौर स्थायी घर भइ अहिले काठमाण्डाैकाे बूढानीलकण्ठ बस्ने बालिकालाई यही भदौ ५ गते काठमाण्डाै र भक्तपुरका विभिन्न ठाउँमा घुमाएको र त्यही दिनकाे राति काठमाण्डाैकाे एक होटलमा ल्याएर लामिछाने ले जबरजस्ती गरेको आरोप महानगरीय प्रहरी वृत्त गौशालामा जाहेरी परेको छ ।
यता लामिछाने भने देश बाहिर छन । ऊनी क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेट खेल्नका लागि अहिले वेस्ट इन्डिजकाे जमैकामा छन् ।