काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने माथि जबरजस्ती करणीको आरोप लागे पछी उनले नेपाल क्रिकेट सङ्घ (क्यान)लाई गुहारेका छन् ।
हाल क्यारेबियन प्रिमियर लिग खेल्ने वेस्ट इन्डिज (जमैका)मा रहेका कप्तान लामिछानेले क्यानसँगको कुराकानीमा कानुनी लडाइँ लड्ने बताएका छन् । ‘कानुनी उपचारका लागि सहयोग गर्नुस् भनेको छ’ क्यान सचिव प्रशान्त विक्रम मल्लले पुष्टि गरे ।
सन्दीपलाई आरोप लागेको खबर सार्वजनिक भएपछि क्यान अध्यक्ष चतुर बहादुर चन्द बुधबार बेलुका काठमाडौँ आइपुगेपछि क्यानका पदाधिकारीबिच छलफल भएको थियो । यद्यपि अहिले क्यानले प्रहरी बाट पुष्टि नभए सम्म कार्वाही वा निलम्बन नहुने प्रष्ट पारेको छ ।
१७ वर्षीया बालिकाले जबरजस्ती करणी गरेको भन्दै सन्दीपविरुद्ध बलात्कारको उजुरी दर्ता गरेकी छन् ।