काठमाडौं ।‘मन पराएको केटाले नभेटे हराउँछु’ भन्दै घरबाट निस्किएकी किशोरी मृत फेला परेकी छिन । धनगढी उपमहानगरपालिका वडा नम्बर १३ मोहनपुरकी आस्था शर्मा ‘स्कुल जान्छु’ भन्दै घरबाट निस्किएकी सोमबारदेखि बेपत्ता भएकी थिइन् ।
उनी बोराडाडीस्थित त्रिभुवन माविको कक्षा–८ मा अध्ययनरत थिइन् । धनगढी उपमहानगरपालिका वडा नम्बर २, मोहना किनारमा आज शव फेलापरेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी वेदप्रकाश जोशीले पुष्टि गर्नु भयो । शवको पोस्टमार्टम गर्ने तयारी गरिएको प्रहरी ले जनाएको छ । उनले घरमा आफ्नी बहिनीलाई ‘आफूले मन पराएको केटाले नभेटे आफू बेपत्ता हुन्छु’ भनेको सूचना प्रहरीले पाएको थियो ।
घटना सम्बन्धमा प्रहरीले उनका साथीसहित शंकास्पद व्यक्तिहरूसँग सोधपुछ गरिरहेको प्रहरी नायब उपरीक्षक जोशी ले जानकारी दिएका छन् । प्रहरी को प्रारम्भिक अनुसन्धानमा आस्था आफ्नो साथीसँग आइतबार साँझ बिधालय सरुवा भएका शिक्षकलाई भेट्न गए पनि उनी घरमा नभेटिएको खुलेको प्रहरी ले जनाएको छ ।