काठमाडौं । काठमाडौंको तीनकुने कोटेश्वर खण्डमा रहेका अनधिकृत संरचना हटाउन महानगरपालिकाले डोजर चलाएको छ ।
उक्त क्षेत्रमा रहेका फुटपाथ हटाउन महानगरले पटक पटक माइकिङ गर्दै आएको थियो । तर ब्यापारी ले नहटाए पछी महानगर ले फेरि डोजर प्रयोग गरेको हो ।
महानगरको सूचना अटेर गरेर फुटापथ ढाकेर बनाएको पाली, भर्याङ, सिंडीहरु हटाउन महानगरले डोजर चलाएको नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिएका छन् ।