काठमाडौं । नेपालकै ठूलो धनराशिको पुरस्कार महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिएको छ।
आज एक कार्यक्रम का बीच उनलाई प्रदान गरिएको हो । गैरआवासीय नेपाली संघ र बिबी फाउण्डेशनको संयुक्त पहलमा नेपालकै ठूलो धनराशिको पुरस्कार एक करोड रुपैयाँको ‘भवन कीर्ति रत्न’ प्रदान गरिएको हो।
नेपालको विकासमा महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रले पुर्याएको योगदानको कदरस्वरुप संघ तथा बिबी फाउन्डेसनद्वारा संयुक्तरूपमा प्रदान गरेको हो ।