काठमाडौं । नेपालले भोलि बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्दै
काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले भोलि बङ्गलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेल साँझ ५ः३० बजे हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । विभिन्न प्रतियोगितामा नेपाल र बङ्गलादेश हालसम्म २६ पटक आमने सामने भएका छन् । जसमध्ये आधाभन्दा बढि खेलमा बङ्गलादेश विजयी भएको छ ।
नेपाल र बङ्गलादेशको पछिल्लो भेट भने सन् २०२१ मा माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा भएको थियो । त्यतिबेला नेपाल र बङ्गलादेशलले १–१ गोलको बराबरी खेलेका थिए । उक्त प्रतियोगिताको लागि एन्फाले भिआइपितर्फ रु एक हजार र साधारण प्याराफिटतर्फ रु पाँच सय मूल्य तोकेको छ । त्यसैगरी एन्फाले यस खेलका लागि भिआइपीतर्फको ८० वटा सिट रु पाँच हजारको दरले मूल्य तोकेको छ ।