२०८१ कार्तिक २ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम का पुर्व कप्तान सन्दीप लामिछाने आज बिहान १० बजे स्वदेश फर्किने भएका छन् ।

बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने आज बिहान १० बजे कतार एयरवेजको फ्लाइटबाट फर्कन लागेको उनले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन् ।नेपाल झर्ने बित्तिकै उनले एयरपोर्टमा प्रहरीसमक्ष आफूलाई बुझाउने छन् । उनले आफूमाथि गलत आरोप लागेको उल्लेख गर्दै छानबिनमा सहयोग गर्ने उल्लेख गरेका छन् ।

Vivo Y28
Daraz

एक १७ वर्षिया नाबलिग किशोरीले भदौ २१ गते लामिछानेविरुद्ध जबर्जस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् । त्यसको भोलिपल्टबाट प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेको थियो । उनलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरिसकेको छ । उनलाई पक्राउ गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाइअलर्ट गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।