२०८१ कार्तिक २ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । बङ्गलादेशको ढाकामा भोलि बुधबारदेखि सुरुआत हुने शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण टिम चेस च्याम्पियनसीपमा सहभागी हुने नेपाली टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । यही असोज २६ देखि कात्तिक ४ गतेसम्म हुने उक्त प्रतियोगितामा नेपालको तर्फबाट पाँच खेलाडी तथा एक आर्विटर गरी ६ जनाको सहभागिता रहनेछ ।

प्रतियोगितामा फिडेमास्टर बिलमलाल श्रेष्ठ तथा रिजेन्द्र राजभण्डारी, भेट्रान खेलाडी राजेन्द्रप्रसाद श्रेष्ठ तथा सिङ्गेश्वर दास र राजेन्द्र बज्राचार्यको सहभागिता रहेको छ । पूर्व राष्ट्रिय च्याम्पियनसमेत रहेका बिमललाल, रिजेन्द्र राजभण्डारी तथा राजेन्द्रप्रसाद श्रेष्ठ नेपालको तर्फबाट विभिन्न ओलम्पियाडमा समेत सहभागिता जनाईसकेका खेलाडी हुन । प्रतियोगितामा अन्र्तराष्ट्रिय आर्विटर नीरञ्जन प्रजापति निर्णायकको भूमिकामा रहनेछन् । प्रतियोगितामा सहभागी हुने टोलीलाई नेपाल बुद्धिचाल सङ्घका अध्यक्ष विदुरप्रसाद गौतमलगायतले त्रिभुवन विमानस्थलमा शुभकामनासहित बिदाई गर्नुभयो । गत असार अन्तिम साता सम्पन्न बुद्धिचाल सङ्घको अधिवेशनबाट अध्यक्षमा निर्वाचित गौतमले सम्भावना भएसम्मका अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीलाई सहभागी गराउन आफू प्रतिबद्ध भएको बताए ।

Vivo Y28
Daraz

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।