२०८१ कार्तिक २ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । राष्ट्रिय नागरिकताविहीन समितिको अध्यक्ष इन्द्रजित साफीले नेपालमा विदेशीले नागरिकता पाउन सजिलो तर वास्तविक नेपालीले पाउन गाह«ो भएको गुनासो गरेका छन् ।

नागरिकताविहीन संघर्ष समितिले सर्वोच्चको आदेश विरुद्ध बुधबार गरेको प्रदर्शनमा उनले कुनै नेपालीले विदेशीसँग विवाह गर्दा आजको भोलि नागरिकता पाउने व्यवस्था छ तर आफ्नै देशको नागरिकले नागरिकता नपाएको भन्दै आक्रोस व्यक्त गरे ।

Vivo Y28
Daraz

उनले भने, मेरो बुबा आमाले नेपाली नागरिकता पाईसकेको छ, म नेपालमा जन्मे, नेपालमा पढे, नेपालमा हुर्के र मैले नेपालकै केटीसँग विवाह गरे भने पनि मैले नागरिकता पाउँदिन । यदि कुनै नेपालीले विदेशीसँग विवाह गर्यो भने आजको भोलि नै नागरिकता पाउछँ । अहिले पनि यो देशमा विदेशीले नागरिकता पाउन सजिलो छ तर वास्तविक नेपालीले पाउन गाह«ो छ । उनले राजनीतिले आफ्नै देशका जनताहरुलाई मारिरहेको भन्दै यहि कारणले देश अगाडि बढ्न नसकेको बताए ।

उनले भने, यो राजनीतिले आफ्नै देशका जनताहरुलाई मारिराछ । यो देश अगाडि नबढ्नुको प्रमुख कारण यही हो । जो व्यक्तिसँग सिप छ त्यो मान्छेहरुलाई चिन्न सकिरहेको छैन यो राजनीतिकर्मीहरुले । यो झुटो राजनीति हो जहिले पनि हाम्रो राष्ट्रियता माथि औला उठाउने काम गर्छन् । ’
यस्तै प्रदर्शनमा सहभागी कानूनका विद्यार्थी सुदिप कुमार साहले नागरिकताको कुरा आउँदा इन्डियासँग जोडिएको भन्दै इन्डियाले नागरिकता दिन तयार छ भने इन्डियामा पनि गएर बस्न तयार भएको बताए ।

उनले भने, खासमा नागरिकता भन्दैमा इन्डियासँग जोडिन्छ । यदि इन्डियाले पनि नागरिकता दिन तयार छ भने हामी इन्डियामा पनि गएर बस्न तयार छौं । जसको नागरिकता थिएन उसलाई गृहमन्त्री बनाईयो उसलाई कारबाही गर्ने कोही पनि छैन । यहाँ विधिको कानून हैन, राजनीति र पहुँचको कानून छ । ’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।