काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक मोन्टी देशाइ आज बिहान ४ बजे दक्षिण अफ्रिका प्रस्थान गरेका छन् ।
उनको भिजा बुधबार साँझ आएको बिहीवार बिहान प्रस्थान गरेको नेपाल क्रिकेट संघका कार्यकारी सचिव दुर्गाराज पाठकले बताए । भिजा समस्याका कारण उनी दक्षिण अफ्रिका जान ढिला भएको हो ।
नेपाली खेलाडीहरु भने दक्षिण अफ्रिका पुगिसकेका छन् । नेपाल र स्कटल्यान्डबीचको खेल नेपाली समय अनुसार दिउँसो १२:४५ मा सुरु हुनेछ । दक्षिण अफ्रिकामा नेपालले शनिबार नेदरल्यान्ड्ससँग दोस्रो अभ्यास खेल खेल्नेछ । त्यसपछि, नेपाल आइतबार जिम्बावे प्रस्थान गर्ने तालिका रहेको छ ।