२०८१ कार्तिक २ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । १४ औं साफ च्याम्पियनसिपका लागि साविक उपविजेता रहेको नेपाली टोलीको घोषणा गरेको छ । आगामी असार ६ गतेदेखि भारतको दक्षिण शहर बैंगलुरुमा सुरु हुने नेपाली टोलीका लागि प्रमुख प्रशिक्षक भिन्सेन्जो अल्वर्टो एनेसले २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् । टोलीमा उनले ३ नयाँ अनुहारलाई अवसर दिएका छन् ।

रक्षापंक्तिका खेलाडीद्वय विमल पाण्डे र सीमान्त थापा एवं मध्यपंक्तिका लोकेन लिम्बू टोलीको नयाँ सदस्य बनेका छन् । साफ च्याम्पियनसिपको पछिल्लो उप विजेता नेपाल साविक विजेता एवं घरेलु टोली भारत, कुवेत र पाकिस्तान जस्ता सशक्त टोली रहेको समूहमा रहेको छ । कुवेत र लेबनान यसपटक साफ च्याम्पियनसिपको आमन्त्रित पाहुना टोली हुन् । दक्षिण एसियाली मुलुकहरुको फुटबल स्तर बढाउने उद्देश्यका साथ यी दुई टोलीलाई यसपटक साफ च्याम्पियनसिपमा सहभागी गराइएको हो ।

Vivo Y28
Daraz

घोषित नेपाली टोलीको गोलरक्षकमा कप्तान किरणकुमार लिम्बू, दीप कार्की र विशाल श्रेष्ठ रहेका छन् । यस्तै रक्षापंक्तिमा रोहित चन्द, निशान्त खड्का, देबेन्द्र तामाङ, अनन्त तामाङ, सनिश श्रेष्ठ, सीमान्त थापा र बिमल पाण्डे रहेका छन् । टोलीको मध्यपंक्तिमा नविन लामा, लोकेन लिम्बू, एरिक विष्ट, आभास लामिछाने र पुजन उपर्कोटी छन् भने अग्रपंक्तिमा नवयुग श्रेष्ठ, अन्जन विष्ट, मनिष डाँगी, आयुस घलान, विमल घर्तीमगर र दीपकराज सिंह छन् ।
नेपाली टोलीले साफ च्याम्पियनसिपमा उत्रनु अघि फिलिपिन्ससंग मैत्रीपूर्ण खेल खेलेर उतैबाट बंैगलुरु प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।