काठमाडौं । आज नेपाल र युएई बीच खेल हुँदै छ । आइसीसी एकदिवसीय विश्वकप छनोटको वार्मअप खेलमा नेपाल र युएई बीच खेल हुन लागेको हो ।
नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार दिउँसो १२:४५ मा जिम्बावेको हरारेमा सुरु हुनेछ ।
जिम्बावे पुग्नु अघि नेपालले दक्षिण अफ्रिकामा अन्तिम तयारी गरेको थियो । तयारीका क्रममा दक्षिण अफ्रिकामा नेपाल दुई अभ्यास खेल खेलेको थियो ।