काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्टार स्ट्राइकर साबित्रा भण्डारीले यूरोपेली क्लबबाट खेल्ने भएकी छन् ।
इजरायलको शिर्ष डिभिजन क्लब हापोएल रानाना महिला फुटबल क्लबले आफ्नो समाजिक सञ्जाल मार्फत साबित्रालाई २०२३/२४ सिजनका लागि अनुबन्ध गरेको जानकारी दिएको छ।
दक्षिण एसियामा सार्वोत्कृष्ट स्ट्राइकरको पहिचान बनाएकी साबित्राले राष्ट्रिय टिमबाट ४३ खेल खेल्दा ४३ गोल गरिसकेकी छन् ।