काठमाडौं । बंगलादेशको एक दिवसीय क्रिकेट टिमका कप्तान तमिम इकवालले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।
बुधबार अफगानिस्तान विरुद्ध पहिलो ओडीआई क्रिकेटमा पराजित भएपछि तमिम बिहीबार पत्रकार सम्मेलन गरी सन्यासको घोषण गरेका हुन् । उनले पत्रकार सम्मेलन गर्दा भावुक बनेका थिए ।
एकदिवसीय विश्वकप सुरु हुन तीन महिना मात्र बाँकी हुँदा तमिमले अप्रत्यासित रुपमा सन्यासको घोषणा गरेका हुन् ।