२०८१ कार्तिक २ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । सातौं दक्षिण एसियाली आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन १४ खेलाडीसहित २५ सदस्यीय नेपाली टोली सोमबार भारतको हैदराबाद प्रस्थान गरेको छ ।

भारत प्रस्थान गर्ने खेलाडीमा लीलाकुमारी सापकोटा, सुनिल महतो, सञ्चिता श्रेष्ठ, तेन्जिङ दावा तामाङ, सविना तामाङ, मुना राई, रोनिका पराजुली, अनिल खड्का, रोशन घिसिङ, विनिता थापा मगर, निर्मल लामा, साहिल दोङ, डोल्मा गुरुङ र रिक्साङ वाइबा तामाङ रहेका छन् ।

Vivo Y28
Daraz

प्रशिक्षकमा ईश्वर थापा मगर, धनराज तामाङ, सपुत मोक्तान र मोतीलाल घिसिङ छन् । प्रतियोगितामा अञ्जन धमला, अन्जु रावत, पुकार केसी, रुपसिंह तामाङ, राजेश बोलखे, तुलसी थापा मगर र दिलमाया गुरुङले अम्पायरको भूमिका निर्वाह गर्ने छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला र नेपाल आईटीएफ तेक्वान्दो महासंघका सदस्य गोपाल श्रेष्ठले सोमबारै एक कार्यक्रमबीच बिदाइ गरे । प्रतियोगिता अगष्ट ४ देखि ६ तारिखसम्म हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।