२०८१ कार्तिक २ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । अखिल नेपाल फुटवल संघ एन्फाले आगामी असोज ४ देखि १३ गतेसम्म दशरथ रंगशालामा साफ अन्डर १९ (यू १९) फुटवल २०२३ आयोजन गर्ने भएको छ । दक्षिण एसियाली फुटवल महासंघ (साफ)को तालिका अनुसार प्रतियोगिता आगामी असोज ४ देखि १३ गतेसम्म गर्न लागेको एन्फा प्रवक्ता सुरेश साहले जानकारी दिए ।

सोमबार एन्फा हल सातदोबाटोमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता साहले उक्त प्रतियोगितामा नेपाललगायत दक्षिण एसियाली राष्ट्रका अन्य ५ टोलीको प्रतिस्पर्धा गर्ने बताए । उनले भने, ‘नेपाललगायत माल्दिभ्स,पाकिस्तान, भारत,भूटान,बंगलादेशले सहभागिता जनाउँदै छन् । प्रतियोगिताको तयारीको लागि नेपाली यू १९ टोलीले मुख्य प्रशिक्षक सुनिलकुमार श्रेष्ठको नेतृत्वमा २०८० भदौ ४ (आजबाट ) प्रशिक्षण सुरु गरिसकेको छ ।’

Vivo Y28
Daraz

यू १९ फुटवल प्रतियोगिता २०२३ को लागि नेपाली टोलीका ३५ जना खेलाडीहरु आजबाट एन्फाको बन्द प्रशिक्षणमा रहेर तयारी गरिरहेका छन् । एन्फाले खेलमा सहभागी खेलाडीको लागि प्रशिक्षण गर्न नेपाली सेनाको भद्रकाली खेल मैदान र च्यासल खेल मैदानमा व्यवस्था गरेको जनाएको छ ।

प्रतियोगिता सञ्चालनको लागि एन्फाले २ करोड ७७ लाख ३२ हजार ८ सय रुपैयाँ बजेट लाग्ने अनुमान गरेको प्रवक्ता साहले जानकारी दिए । ०००

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।